Author: खवरपोस्ट अनलाइन

“खवरपोस्ट अनलाइन” वेबसाइट “तृष्णा मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

२६ चैत्र २०७९, आईतवार, झापा । विश्वभरका इसाई धर्मावलम्बीले आज इस्टर सन्डे मनाएका छन् । इस्टर सन्डेको अवसरमा आज राजधानी काठमाडौँमा भव्य र्‍यालीको आयोजना गरिएको छ । समारोहमा एनसीएफ नेपालका अध्यक्ष रेभ पास्टर हनोक तामाङ र क्वाइनोनिया पाटन चर्चका वरिष्ठ पास्टर मंगलमान मर्हजनले इस्टर केन्द्रित वचन वाँडेका थिए । उपत्यकाको विभिन्न ठाउँबाट सुरु भएको र्‍याली भृकुटीमण्डप पुगेर कार्यक्रममा परिणत भएको थियो । इसाई धर्मगुरु येशूलाई क्रसमा चढाइएको ३ दिनमा उनी पुनरुत्थान भएको भन्ने विश्वासका साथ इस्टर सन्डे मनाइन्छ । बाइबलमा उल्लेख भए अनुसार दुई हजार वर्ष पहिला शुक्रवारको दिन येशूलाई कलभरी डाँडाको खप्परे भन्ने ठाँउमा सारा मानवजातिहरुको उद्धार मुक्तिका निम्ति…

Read More

२६ चैत्र २०७९, आईतवार, काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध परेको जबरजस्ती करणी मुद्दामा काठमाडौं जिल्ला अदालतले जाहेरीकर्ताको स्वास्थ्य परीक्षण गर्न चिकित्सकलाई झिकाउन आदेश दिएको छ । आइतबार न्यायाधीश शंकरराज बरालको इजलासले जाहेरीकर्ताको स्वास्थ्य परीक्षण गर्ने चिकित्सक नै झिकाउनू भन्ने आदेश दिएका हुन् ।  आइतबार वादीतर्फका कानुन व्यवसायीहरुले मेडिकल टिमका मुख्य डाक्टरको बकपत्र चाहिने माग गरेपछि अदालतले स्वास्थ्य परीक्षण गर्न चिकित्सकलाई बकपत्रका लागि झिकाउन आदेश दिएको हो । साथै आइतबारको इजलासले क्रिकेटरद्वय साहब आलम र अनिश श्रेष्ठको पनि वकपत्र गराउन आदेश दिएको छ । यसअघि मुख्य चिकित्सकको स्थानमा सहयोगी चिकित्सकको बकपत्र राखिएको भन्दै वादीतर्फका कानुन व्यवसायीले त्यसलाई अस्वीकार गर्दै मुख्य चिकित्सकलाई…

Read More

–होमराज राई, २६ चैत्र २०७९, आईतवार, वास्तबमा चुम्वन भन्ने वित्तिकै प्रेमको प्रस्फुटित बाहिरी चिन्ह हो । प्राय हामी देख्छौं साना नानीहरुलाई सबैले चुम्बन गरेर माया गर्छन् र आफ्ना प्रेमी–प्रेमीका धेरै समयपछि जब भेट हुन्छ, तब अंगालोमा बाँधिएर आफ्नो भित्रि हृदयबाट प्रफुल्लित भएर एकअर्कामा चुम्बन गरी प्रेम प्रकट गर्छन् । जब केटाकेटीहरु एकअर्कामा मन पराउन थाल्छन् तब मुस्कुराउन शुरु गर्छन्, अनि त्यहाँ जीवनको अर्काे यात्रा शुरु हुन्छ । मिठो स्वरले बोल्ने र लजालु आँखाले हेर्ने जस्ता माया प्रेमका शुरुवातहरु हुन् । यतिबेला चुम्बन प्रवेश गरीसकेको हुँदैनन् उनीहरुमा । जब चुम्बन प्रवेशिन्छ तब मात्र उनीहरुमा प्रेमको गहिराइमा पुगिसकेका हुन्छन् । यो स्थानमा…

Read More

कविता – होमराज राई हेर, त्यो बस्तीकुहिरोभित्र निसासी रहेको बेलाम पनि त त्यहीभित्रअध्यारो आकृतीसंगै हराइरहेथें ।अनि,त्यो न्याउलीको विरही भाकाहरुघरी–घरी गुन्जिरहेको बेलामनका अदृश्य घाउहरुचहराउन थाल्छ ।केही।अध्यारो पर्दा हटेका बेलात्यो असहाय पीडा मुटुभित्र लुकाएरअलिकति फिका हासो पोखेथे ।एकरत्ती आशा बटुलेरआँखाका आँसु पुच्दैकौसीका डिलमा बसेरसप्तरंगिन सपनाहरुहृदयभरी कोरिरहें ।म, फेरि झस्किएँपाँच बर्षभयो एक्लो छोरो घरबाट निस्केकोतर,बेखबर छ उइतिहास कोर्छु भन्दै निस्केकोखै, कहाँ कोर्दै छ इतिहास ?पत्तो छैन उसकोएउटा नेता जी को पछि लागेपछिबुढेसकालको एक्लो साहारा छोरा पनिबेखबर छ।बटुलेर सजाएको मनधुजा–धुजा छरपष्टभकानिन्छ मुटुकतै फर्किदैछ कि भनेरत्यही पारिका गल्लिहरुमाधमिली सकेका आखाँहरुटोलाइरहेका बेलाउफ्रदै एउटा केटो आइरहेथ्यो ।मेरो खुशीका सिमा नै थिएन त्यतिखेरछोराले इतिहास कोरिसकेछ ।म खुशीले गदगद…

Read More

२५ चैत्र २०७९, शनिबार, काठमाडौं । अमेरिकी अन्तरिक्ष संस्था नासाले अर्को महिना अन्तरिक्षमा टेम्पो उडाउँदैछ । अन्तरिक्षमा टेम्पो उडाउने भनेपछि तपाईँलाई अनौठो लाग्नसक्छ । तर ढुक्क हुनुहोस् यो हाम्रो सहर तथा गाउँहरुमा गुड्ने टेम्पो होइन । यो एउटा स्याटेलाइट हो । यसको पूरा नाम ट्रोपोस्फेरिक इमिसन मनिटरिंग अफ पोलुसन इन्स्ट्रुमेन्ट (TEMPO)  हो । अर्को महिना अर्थात् मे महिनामा यो स्याटेलाइटलाई प्रक्षेपण गरिनेछ । टेम्पोमा विशेष खालको यन्त्र जडान गरिएको छ जुन दिनको समयमा हरेक घण्टा उत्तर अमेरिकाको आकाश माथिबाट गुज्रिनेछ । यसले हरेक पटक १० वर्ग किलोमिटरको क्षेत्रमा वायु प्रदुषणको मापन गर्नेछ । यसको क्षेत्र आन्ध्र महासागर देखि प्रशान्त महासागर…

Read More

२५ चैत्र २०७९, शनिबार, काठमाडौं । पेरिस ओलम्पिक २०२४ को महिला फुटबल छनोटको पहिलो चरणबाटै नेपाल बाहिरिएको छ । तर भियतनामविरुद्ध पहिलो लेगमा निक्कै खराब प्रदर्शन गरेको नेपालले आज दोश्रो खेलमा सुधारिएको प्रदर्शन गरेको छ । काठमाडौंको दशरथ रंगशालामा भएको खेलमा सुरुमै ७ मिनेट भित्र   २ गोल खाएको नेपाल २-० ले नै पराजित भयो । पहिलो खेलमा नेपाल ५-१ ले पराजित भएको नेपाल ७-१ को नतिजासँगै ओलम्पिक २०२४ को महिला फुटबल छनोटबाट बाहरियो । बुधबार भएको पहिलो खेलको तुलनामा आज शनिबार नेपालले सुधारिएको खेल प्रदर्शन गरे पनि भियतनामसँगको हार टार्न सकेन । खेलको छैटौं मिनेटमा भियतनामले पाएको पहिलो कर्नरमा पोष्टमा अलमल…

Read More

२५ चैत्र २०७९, शनिबार, ललितपुर । इसाई धर्मावलम्वीहरुको महान पर्व येशूको पुनरुत्थान तथा इस्टर महोत्सवको तयारी पूरा भएको छ । उपत्यकाव्यापी इस्टर महोत्सव २०२३ आयोजक समितिले शुक्रवार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै भोली (चैत्र २६) आइतवार रत्नपार्क प्रदशर्नीमार्गस्थित भृकुटीमण्डपमा आयोजना हुने इस्टर महोत्सव २०२३ को तयारी पूरा भएको जानकारी गराएको छ । आयोजकले इस्टर महोत्सवमा यस वर्ष काठमाडौं उपत्यकाका ललितपुर,भक्तपुर र काठमाडौं जिल्लाका सम्पूर्ण चर्चका सदस्यहरु प्ले कार्डसहित आआफ्नो स्थानबाट विहानै शान्ति पद यात्रामा सहभागी भएर आठ बजे प्रर्दशनीमार्गमा संयुक्तरुपमा भेला भएर इस्टर महोत्सव मनाउने तयारी गरेको छ । आयोजकले विहानै आआफ्नो संस्कृती झल्किने सांस्कृतीक झाँकीसहित शान्ति पदयात्रामा सहभागी भएर विहान…

Read More

२५ चैत्र २०७९, शनिबार, काठमाडौं । सभामुख देवराज घिमिरे र संसद्मा प्रतिनिधित्व गर्ने तीन ठूला दलका शीर्ष नेताबीच भेट सुरु भएको छ । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा आज भएको भेटमा प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली सहभागी छन् । प्रतिनिधिसभाको बैठकलाई अघि बढाउने सन्दर्भमा सो भेट भएको हो ।

Read More

२५ चैत्र २०७९, शनिबार, काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा ६४ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १ हजार १७० नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार हाल देशभरमा ३५७ संक्रिय संक्रमित छन् । उनीहरुमध्ये १५ जना संक्रमित संस्थागत आइसोलेसनमा छन् भने १५ जनाको आईसीयू र ५ जनाको भेल्टिलेटरमा उपचार भइरहेको छ ।

Read More

२५ चैत्र २०७९, शनिबार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टहरुले आफूहरुको आलोचना गरिरहेको बताएका छन् । चुनावी आमसभालाई सम्बोधन गर्दै लामिछानेले रास्वपाको नेतृत्वमा सरकार बनेपछि जेल कोच्ने लिष्टमा रहेकाहरुले अहिले आलोचना गरिरहेको बताएका हुन् । ‘हामीलाई आलोचना गर्ने मान्छेहरु र ती मान्छेहरुको चरित्रलाई हेर्छौं । ती मानिसहरुको राजनीतिक इतिहासलाई हेर्छौ । ती त्यस्ता मान्छेहरु हामीलाई प्रश्न गर्छन्, जसलाई हामीले हाम्रो सरकार बन्यो भने भ्रष्टाचारको आरोपमा जेल कोच्ने भनेर लिष्ट बनाइरहेका छौं,’– उनले भने । साथै, भ्रष्टाचारीहरुले सोधेको कुनै पनि प्रश्नको जवाफ नदिने उनले बताए । आफू आम सर्वसाधरणले सोधेको प्रश्नको जवाफ जहाँ र जहिले पनि दिन तयार…

Read More