Author: खवरपोस्ट अनलाइन

“खवरपोस्ट अनलाइन” वेबसाइट “तृष्णा मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

२५ चैत्र २०७९, शनिबार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टहरुले आफूहरुको आलोचना गरिरहेको बताएका छन् । चुनावी आमसभालाई सम्बोधन गर्दै लामिछानेले रास्वपाको नेतृत्वमा सरकार बनेपछि जेल कोच्ने लिष्टमा रहेकाहरुले अहिले आलोचना गरिरहेको बताएका हुन् । ‘हामीलाई आलोचना गर्ने मान्छेहरु र ती मान्छेहरुको चरित्रलाई हेर्छौं । ती मानिसहरुको राजनीतिक इतिहासलाई हेर्छौ । ती त्यस्ता मान्छेहरु हामीलाई प्रश्न गर्छन्, जसलाई हामीले हाम्रो सरकार बन्यो भने भ्रष्टाचारको आरोपमा जेल कोच्ने भनेर लिष्ट बनाइरहेका छौं,’– उनले भने । साथै, भ्रष्टाचारीहरुले सोधेको कुनै पनि प्रश्नको जवाफ नदिने उनले बताए । आफू आम सर्वसाधरणले सोधेको प्रश्नको जवाफ जहाँ र जहिले पनि दिन तयार…

Read More

२४ चैत्र २०७९, शुक्रबार, काठमाडौं । नयाँ बानेश्वरस्थित संसद भवननजिकै एक जनाले आत्मदाहको प्रयास गरेका छन् । पेट्रोल छर्केर ती व्यक्तिले आत्मदाहको प्रयास गरेकोमा प्रहरीले नियन्त्रणमा लिएको छ । पारिवारिक कारणले ती व्यक्तिले आत्मदाहको प्रयास गरेको बताएका छन् ।

Read More

२४ चैत्र २०७९, शुक्रबार, काठमाडौं । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले वैशाख २ गतेबाट सुरू हुने नयाँ शैक्षिक सत्रका लागि आज शुक्रबारबाट देशैभर पाठ्यपुस्तक बिक्री सुरू गर्ने भएको छ । सानोठिमीस्थित मुख्य कार्यालयसहित ८ स्थानबाट बिक्री सुरू गर्न लागेको केन्द्रले सबै प्रादेशिक कार्यालयले पहिलो चरणमा हिमाली जिल्ला, दोस्रोमा पहाडी र दुर्गम र अन्तिममा सुगम जिल्लामा पाठ्यपुस्तक बिक्री गरिने बताएको छ । केन्द्रले सबै प्रादेशिक कार्यालयलाई परिपत्र गर्दै दुर्गममा पहिलो, पहाडीमा दोस्रो र सुगम र तराईका जिल्लामा अन्तिम चरणमा पाठ्यपुस्तक ढुवानी र बिक्री गर्न निर्देशन दिएको छ । केन्द्रका प्रबन्ध सञ्चालक अनिलकुमार झाले दिनुभएको जानकारीअनुसार आठबटै प्रदेश कार्यालयले १ हजार २…

Read More

२४ चैत्र २०७९, शुक्रबार, काठमाडौं । नेपाल विद्युत प्राधिकरणको सुदूरपश्चिम प्रादेशिक कार्यालयले कार्य सम्पादन सन्तोषजनक नभएका ७ वटा निर्माण कम्पनीसँग ठेक्का तोड्ने प्रक्रिया अघि बढाएको छ । कार्यालयले आज सूचना जारी गरी ७ कम्पनीलाई सात दिनभित्र निर्माण व्यवसायी स्वयं उपस्थित भएर स्पष्टीकरण पेस गर्न भनेको छ । कार्यालयले पूर्वचौकी–१ डोटीको नेत्र निर्माण सेवा, राजपुर डोटीको मा भगवती निर्माण सेवा, बानेश्वर काठमाडौंको धुलिखेल एलबी एण्ड एबी जेभी, धनगढी कैलालीको एलबी, एबी/मा भगवती जेभीलाई ठेक्का रद्द किन नगर्ने भनेर स्पष्टीकरण सोधेको छ । यसैगरी धनगढी कैलालीको ओम बिरभद्र निर्माण कन्स्ट्रक्सन, गौमुल–३ बाजुराको मनकामना निर्माण सेवा र दिपायल सिलगढी–८ डोटीको एसएस कन्स्ट्रक्सनसँग पनि…

Read More

२३ चैत २०७९, बिहिवार, मेचीनगर । व्यापार प्रवर्द्धन, खेलकुद क्षेत्रको विकास र लागुऔषध न्युनिकरण गर्ने उद्देश्यले आयोजित ‘प्रथम मेची महोत्सव’को १५औँ दिन बुधबार विहानैदेखि दर्शकको घुइँचो थियो । महोत्सवका अन्दिनभन्दा यसदिन दर्शकको घुइँचो बढ्नुको कारण थियो नेपाली लोकगीतका हट गायिकाको छवि बनाएकी ज्योति मगरको प्रस्तुति । ज्योतिको प्रस्तुति हेर्न दर्शकको दिउँसो देखिनै ओइरो थियो । ज्योति स्टेजमा चढ्ने बित्तिकै महोत्सवका अन्य आकर्षणमा भुलिरहेका दर्शकहरू स्टेज छेउछाउ भेला भए । र उनीसँगै कमर मकाई–मकाई नाच्न थाले । राति करिव ८ बजे गायिका ज्योति मगर स्टेज चढेकी थिइन् । छोटो पहिरनमा ज्योति स्टेजमा उत्रिएपछि महोत्सवमा तरंग छायो । दर्शकको लगातारको हुटिङसँगै उनले करिव…

Read More

२३ चैत्र २०७९, बिहीबार, काठमाडौं । मोरङको विभिन्न तीन परिक्षा केन्द्रबाट दुई दिनको अवधिमा २ सय भन्दा बढि एसईई दिईरहेका नक्कली परीक्षार्थी पक्राउ परेका छन् । मोरङको ग्रामथान गाउँपालिका २ मा रहेको सरस्वती माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट ५२ जना नक्कली परीक्षर्थीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । यस्तै, केराबारी गाउँपालिका ७ स्थित सार्वजनिक माध्यामिक विद्यालयबाट १२७ जना र सुन्दरहरैचा नगरपालिका १ स्थित जनता माध्यामिक विद्यालयबाट २० पक्राउ गरिएको प्रहरीले जनाएको छ । बुधबार ग्रामथानकै सरस्वती माविमा विज्ञान विषयको परिक्षाका क्रममा कल्पना लिम्बूको परीक्षा दिने सुनसरी धरान उपमहानगरपालिका वडा नं ५ की २८ वर्षीय सुस्मिता लिम्बू पक्राउ परेकी थिइन् । लिम्बू…

Read More

२३ चैत्र २०७९, बिहीबार, काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महत र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) नेपाल एसिया प्यासिफिक विभागकी आवासीय प्रतिनिधि टेरेसा डबान सानचेज बीच भेटवार्ता भएको छ । त्यसैगरी विश्व बैंक मातहतको अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) नेपालका आवासीय प्रतिनिधि बाबाकार सेदिख फायेले पनि अर्थ मन्त्रालयमा अर्थमन्त्री डा. महतसँग भेटवार्ता गरेका छन् । भेटमा अर्थमन्त्री डा. महतले नेपालको वित्तीय क्षेत्र सुदृढीकरणमा आईएमएफ र आइएफसीसँगको सहकार्य विगतदेखि नै हुँदै आएको र आगामी दिनमा अझ सशक्त ढंगले अघि बढ्न सक्ने विश्वास व्यक्त गरे । त्यसैगरी आईएमएफ र आइएफसीका प्रतिनिधिले नेपालको वित्तीय क्षेत्र सुदृढीकरणमा थप सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरे ।

Read More

२३ चैत्र २०७९, बिहीबार, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गरिरहेको माध्यमिक शिक्षा परीक्षा (एसईई) को बिहीबार अनिवार्य सामाजिक अध्ययन विषयको परीक्षा थियो । जसमा लुम्बिनी प्रदेशमा सोधिएको एउटा प्रश्न छ, ‘प्रदेश १ को नामकरण हुन सकेको छैन । यस सन्दर्भमा त्यस प्रदेशका वर्तमान मुख्यमन्त्रीलाई प्रदेशको नाम के राख्ने भनी सल्लाह दिनुहुन्छ ? आफ्नो धारणा प्रस्तुत गर्नुहोस् ।’ प्रदेशसभाको दुई तिहाइले १७ फागुनमै कोशी नामकरण गरे पनि एक महिनापछि यस्तो प्रश्न सोधेकामा सामाजिक सञ्जालमा आलोचना भइरहेको छ । प्रश्नपत्र बनाउँदा शिक्षकहरुले समसामयिक विषयमा ध्यान नदिएको, बालबालिकाको मनोविज्ञान माथि खेलवाड गर्न खोजेको भन्दै विरोध भइरहेको छ । परीक्षा नियन्त्रक (कक्षा १०)…

Read More

२३ चैत्र २०७९, बिहीबार, मेचीनगर। मेचीनगर २ भृकुटी बजारमा यात्रुवाहाक बस र बाइकको दुर्घटना ग्रस्त भएको छ। उक्त दुर्घटना भृकुटी बजार स्थित ट्निङमा सुमन चोकबाट इटाभट्टा तर्फ लाग्दै गरेको को.१ ख ४२७५को यात्रुबाहक बससंग प्र.१-०१-०१४ प ९७८० को डिस्कभर बाइक आफ्नो घर जानेक्रममा ठक्कर खाएको हो ।सो दुर्घटनामा बाइक चालक गम्भीर घाइते र अचेत अवस्थामा स्थानियवासीहरुले नजिकैको स्वस्थ्य क्लिनिकमा प्राथमिक उपचार गरि हस्पिटल तुरुन्तै पठाउने कार्य गरेका थिए ।स्रोतको जानकारी अनुसार उक्त बाइक चलक गाडागल्ली निवासी इन्द्र मणि आचार्य भएको छ भने घटना ग्रस्त दर्शकहरुको भनाई अनुसार इटाभट्टाबाट गाडागल्ली जादैगरेको बाइक चालकले घुम्तिमा ओभर स्पिड र आफ्नो साइडबाट बाहिर गै…

Read More

२२ चैत्र २०७९, बुधबार, काठमाडौं । ११ चैतमा काठमाडौंमा आयोजित एक कार्यक्रममा सुनचाँदी व्यवसायी संघ काठमाडौंका अध्यक्ष सुरेश शाक्यले भनेका थिए, ‘सुनचाँदी आपूर्ति व्यवस्थित नहुँदा बजारमा कालोबजारी मौलाइरहेको छ ।’ यसो भनेर उनले राज्यले सुनमा लगाएको कोटा प्रणालीको विरोध गरे । उनले कोटा प्रणाली र बैंकहरूले मात्रै आयात गर्न पाउने नियन्त्रित बजारबाट व्यवसायी ठूलो पीडामा परिरहेको बताए । शाक्य यतिमा रोकिएनन् । उनले भने, ‘मुलुकमा प्रतिदिन ३० किलो सुन आवश्यक रहे पनि राष्ट्र बैंकले १० किलो मात्रै उपलब्ध गराउँदै आएको छ । आपूर्ति कम र माग बढी भएका कारण यस क्षेत्रमा कालोबजारी मौलाइरहेको छ । यसले व्यवसायीको पनि बेइज्जत भइरहेको…

Read More