१६ चैत्र २०७९, बिहीबार, काँकरभिट्टा ।अवैद्य रुपमा नेपाल ल्याउँदै गरेको माछा र कुखुराको मासु सशस्त्र प्रहरीले नियन्त्रणमा लिइ नष्ट गरेको छ । बिओपी काँकरभिट्टाबाट खटिएको टोलीले आज(बिहिवार) नेपाल—भारत सीमा मेची पुलबाट अन्दाजी २० हजार मुल्य बराबरको ५० केजी ब्रोइलर कुखुराको मासु र अन्दाजी तिन हजार मुल्य बराबरको १० केजी माछा नियन्त्रणमा लिएको थियो । उक्त मासु तथा माछा पशु क्वारेन्टाइन कार्यालय, जिल्ला कुखुरा व्यवसायी संघ लगायतका प्रतिनिधिको उपस्थितीमा खाल्डो खनी नष्ट गरिएको बिओपी काँकरभिट्टाका प्रमुख निर्मल थापाले जानकारी दिएकाछन् । चौतारी पोष्ट अनलाइनबाट
Author: खवरपोस्ट अनलाइन
१६ चैत्र २०७९, बिहीबार, काठमाडौं । सीईओ एलन मस्क हरेक ट्वीटर प्रयोगकर्तालाई कुनै न कुनै रुपमा शुल्क तिर्न बाध्य बनाउने बाटोमा अगाडि बढिरहँदा र ट्वीटरमा भेरिफिकेसन ब्याजका लागि अनिवार्य रुपमा शुल्क तिर्नुपर्ने व्यवस्था गरिरहँदा एउटा अनौठो तथ्य बाहिरिएको छ । एउटा रिपोर्ट अनुसार ट्वीटरका भेरिफाइड अकाउन्ट अर्थात् निलो टिको पाएका त्यस्ता अकाउन्टमध्ये करीब आधाजसोमा १ हजार भन्दा पनि कम फलोअर्स छन् । अझ अर्को रोचक तथ्य त के भने २ हजार २७० वटा यस्ता भेरिफाइड ट्वीटर अकाउन्टमा फलोअर्सको संख्या शून्य छ । Mashable मा प्रकाशित रिपोर्टमा शोधकर्ता ट्राभिस ब्राउनले हाल ट्वीटर ब्लूका कूल सब्सक्राइबरको संख्या ४ लाख ४४ हजार ४३५…
१६ चैत्र २०७९, बिहीबार, काठमाडौं । राष्ट्रिय तथ्यांक कार्यालयले जनगणना २०७८ मा जातजाति, भाषा र धर्मबारे तथ्यांक सार्वजनिक नगरिएको बताएको छ। यी विषयमा गलत हल्लाहरू फिँजाइएको भन्दै कार्यालयले ध्यानाकर्षण भएको जनाएको छ। कार्यालयले जनगणनाको तथ्यांक सार्वजनिक गर्ने बेला यस्ता तथ्यांक सार्वजनिक नगरिएको र सामाजिक सञ्जालहरूमा यी तथ्यांकबारे गलत हल्ला फिँजाइएको कार्यालयका उपप्रमुख नेविनलाल श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। राष्ट्रिय तथ्यांक कार्यालयमा जनजाति, भाषा र धर्मका सम्बन्धमा सरोकारवाला व्यक्ति र संस्थाबाट ७० वटा माग र ध्यानाकर्षण पत्र दर्ता भएको बताइएको छ। यसमा विज्ञ र संवैधानिक आयोगका प्रतिनिधिसँग कार्यालयले छलफल गरिरहेको श्रेष्ठले उल्लेख गरेका छन्। थरलाई जात कायम गर्ने, जातअनुसार…
१६ चैत्र २०७९, बिहीबार, काठमाडौं । पछिल्लो २४ घण्टामा ४२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार अपरान्ह सार्वजनिक गरेको विवरणअनुसार ९१५ नमुना परीक्षण गर्दा ४२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो । ३०० पीसीआर परीक्षण गर्दा ३७ जनामा र ६१५ एन्टिजेन परीक्षण गर्दा पाँचजनामा कोरोना संक्रमण पुष्टि भएको हो । साथै पछिल्लो २४ घण्टामा १७ जना कोरोनाभाइरस संक्रमणमुक्त हुँदा ४१ हजार ४०९ जनाले कोरोनाविरुद्धको खोप लगाएका मन्त्रालयले जनाएको छ । सक्रिय संक्रमितको संख्या १२३ रहेको छ ।
१५ चैत्र २०७९, बुधबार, काठमाडौं । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुले मन्त्रालय भागवण्डा लगभग टुंग्याएका छन्। बैठकमा सहभागी जसपाका नेता राजेन्द्र श्रेष्ठका अनुसार कांग्रेसलाई ८ मन्त्रालय, माओवादी केन्द्र ५, नेकपा एकीकृत समाजवादीलाई २, जसपालाई २, लोसपालाई १, नागरिक उन्मुक्तिलाई १, आमजनता पार्टीलाई १, जनमतलाई राज्यमन्त्रीसहित १ मन्त्रालय, नेसपालाई १ मन्त्रालय बाँडफाँटको सहमति जुटेको छ। मन्त्रिपरिषद विस्तार नहुँदा स्वास्थ्य मन्त्रालय मन्त्रीविहीन छ। मन्त्रालयको संख्या टुंगिएपनि स्वास्थ्य मन्त्रालय कसले पाउने भन्ने तय भइसकेको छैन। ‘मन्त्रालयको संख्याका विषयमा सहमति भएको छ। तर स्वास्थ्य मन्त्रालय कुन दलको भागमा पर्छ भन्ने अझै भन्न सकिने अवस्था छैन,’ सत्ता गठबनधनका एक नेताले भने।
१५ चैत्र २०७९, बुधबार, काठमाडौँ । भुटानी शरणार्थीको परिचयपत्र बनाएर अमेरिका पठाउने नाममा ठग्ने समूहका ३ जना चैत १२ मा पक्राउ परे । पक्राउ पर्नेमा मोरङ घर भएका केशव दुलाल, पाँचथरका टंक गुरुङ र ललितपुर घर भएका सानु भण्डारी छन् । उनीहरूको कनेक्सन पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा विज्ञ डा. इन्द्रजीत राईसँग देखिएको छ । प्रहरीको अनुसन्धानबाट ठगीमा संलग्न आरोपी सानु भण्डारी र केशव प्रसाद दुलालको सम्पर्क डा. राईसँग देखिएको हो । डा. इन्द्रजीतका छोरा नीरजले आरोपीहरूसँग १ करोड भन्दा धेरै रकम ‘घुस’ लिएको अनुसन्धानका क्रममा आरोपीले बताएका छन् । अनुसन्धानमा संलग्न एक जना अधिकृत भन्छन्, ‘नीरजले भुटानी शरणार्थीसँगै…
१४ चैत्र २०७९, मंगलवार, चलचित्र विकास बोर्डले ‘सिनेमा साइबर सेक्युरिटी डेस्क’ सञ्चालन गर्ने भएको छ । मंगलबार बोर्डको सभा हलमा आयोजित पत्रकार सम्मेलनमा हटलाइन नम्बरसहितको डेस्कको लागि सिस्टम विकासको काम सुरु भएको जानकारी गराइयो । कार्यक्रममा बोर्डलाई डिजिटल प्रविधिमा लैजाने योजनासहितको डेमोस्ट्रेसन (नमुना) समेत प्रस्तुत गरिएको थियो । कार्यक्रममा सूचना प्रविधि विभागका महानिर्देशक प्रेम शरण श्रेष्ठ, राष्ट्रिय सूचना प्रविधि केन्द्रका कार्यकारी निर्देशक प्रदिप शर्मा पौडेल, नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रार कार्यालयका रजिष्ट्रार प्रल्हाद प्रसाद पुडासैनी, काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरिक्षक रबिन्द्र रेग्मी, प्रहरी प्रधान कार्यालयका प्रहरी बरिष्ठ नायब उपरिक्षक रुपक खड्का, प्रहरी निरिक्षक खेमराज खनाल, प्रहरी बरिष्ठ नायब निरिक्षक…
१४ चैत्र २०७९, मंगलवार, विराटनगर / पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले कोसी नाम खारेज गरी ऐतिहासिक पृष्ठभूमि र बहुपहिचानको आधारमा पुनः नामाङ्कनको माग गर्दै बिराटनगरमा गरेको पहिचानवादी आन्दोलनमा डीएसपीसहित २० जनाभन्दा धेरै घाइते भएका छन । कोसी प्रदेशका सांसद सहभागी कार्यक्रमको विरोधमा उत्रिएका पहिचानवादीहरूको प्रदर्शनका क्रममा भएको झडपमा नेपाल प्रहरीका डीएसपीसहित २० जना भन्दा धेरै घाइते भएका हुन । विराटनगरमा आज होटल बिगमा कोसी प्रदेश सभाका सांसद सहभागी हुने एक कार्यक्रममा अवरोध गर्न पहिचानवादीहरूले प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको हो । झडपमा जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी विजय क्षेष्ठसहित सशस्त्र प्रहरी घाइते भएका छन् । प्रदर्शनकारीतर्फ…
१४ चैत्र २०७९, मंगलवार, काठमाडौं । अमेरिकाको नासभिल सहरस्थित एक क्रिश्चियन विद्यालयमा अन्धाधुन्ध गोली चल्दा ६ जनाको मृत्यु भएको छ। टेनेसी राज्यमा पर्ने कोभिनान्ट स्कुलमा मंगलबार हतियारधारी व्यक्ति प्रवेश गरी अन्धाधुन्ध गोली चलाउँदा तीन बालबालिकासहित ६ जनाको मृत्यु भएको हो। बीबीसीका अनुसार मृत्यु हुने ६१ वर्षीया सिन्थिया पिक, ६० वषीया क्याथरिन कुन्स र ६१ वर्षीय माइक हिलको पनि मृत्यु भएको छ। उनीहरु विद्यालयका कर्मचारी रहेको नासभिल नगरप्रहरीले जनाएको छ। क्याथरिन प्रधानाध्यापक, पिक अतिरिक्त शिक्षिका र हिल सुरक्षागार्डका रुपमा विद्यालयमा कार्यरत थिए। विद्यालयमा प्रवेश गरी गोली चलाउने व्यक्ति २८ वर्षीया अउड्रे हेल रहेको पुष्टि भएको छ। घटनालगत्तै पुगेको प्रहरीले चलाएको गोली…
१४ चैत्र २०७९, मंगलवार, काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले कोशी प्रदेशमा भएको आन्दोलनमा घाइते भई उपचारको क्रममा निधन भएको पदम लिम्बु (लाजेहाङ) लाई सहिद घोषणा गर्न माग गरेको छ । जसपाका प्रवक्ता मनिष सुमनले आज एक विज्ञप्ति जारी विज्ञप्तिमा पहिचान प्राप्तिको आन्दोलनमा होमिएका पदम लिम्बुको निधनप्रति दुख व्यक्त गर्दै जसपाले लिम्बुलाई सहिद घोषणा गरी उनको परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन र आन्दोलनमा घाइते भएकाहरूको उचित स्वास्थ्य उपचारको व्यवस्था मिलाउन माग गरेको छ । करिब एक महिनादेखि कोशी प्रदेशमा जारी रहेको पहिचान र अधिकारको आन्दोलनलाई सरकारले गम्भीरतापूर्वक नलिएकोमा जसपाले गुनासो गरेको छ । पहिचानको आधारमा प्रदेशको नामकरण गर्नुपर्छ भन्ने जनताको मागप्रति यस…