Author: खवरपोस्ट अनलाइन

“खवरपोस्ट अनलाइन” वेबसाइट “तृष्णा मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

भोजपुर । युट्युब कार्यक्रम ‘हेर्ने कथा’ मार्फत चर्चामा आएका प्रकाश मोक्तानलाई घरमै नागरिकता दिइएको छ। भोजपुरको षडानन्द नगरपालिकाका मेयर सुरेन्द्र उदासले आइतबार प्रकाशलाई नागरिकता हस्तान्तरण गरेका हुन्। प्रकाशलाई नागरिकता दिने बेलामा वडाध्यक्ष प्रेम दोर्जी शेर्पा, इलाका प्रशासन कार्यालयका प्रमुख विनोद ज्ञवाली, र नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत मोहन चापागाईं समेत उपस्थित थिए। प्रकाशले हेर्ने कथामा प्रसारण भएको ‘हराएका वर्षहरू’को पात्र बनेर ३५ वर्षपछि आफ्नो परिवारसँग पुनर्मिलन गरेका थिए। उनी गोरखाबाट भोजपुर फर्किएपछि नागरिकता दिइएको हो। ‘हेर्ने कथा’ मार्फत् वर्षअघि परिवार भेटेका प्रकाशको कथाले धेरैलाई भावुक बनाएको छ । त्यसपछि दशैँ तिहारको अवसरमा भोजपुर गएका प्रकाश फेरि गोरखाको चुमभ्याली फर्किएका थिए ।…

Read More

काठमाडौँ। नेपाल पत्रकार महासंघको निर्वाचन आगामी ५ असोजमा हुने भएको छ। अध्यक्ष विपुल पोखरेलले आइतबार विज्ञप्तिमा जारी गरेर निर्वाचन ५ असोजमा हुने जानकारी दिएका हुन् । असोज ५ गते महासंघको सबै तहको निर्वाचन एकैसाथ सम्पन्न गर्न निर्वाचन समितिलाई पत्राचार गरिएको जानकारी गराउँछु । साथै, यो निर्वाचनलाई सफल बनाउन सबैसँग हार्दिक आग्रह गर्छु’, अध्यक्ष पोखरेलले विज्ञप्तिमा भनेका छन् । सदस्यता वितरण, नवीकरण लगायत कारणले महासंघको चुनाव पटक-पटक सर्दै आएको छ ।

Read More

काठमाडौँ । नेपालकी पलेशा गोवर्धनले पेरिस पारा ओलम्पिकमा ऐतिहासिक कांस्य पदक जितेकी छन्। पलेशाले पेरिसस्थित ग्रान्ड प्यालेसमा शुक्रबार राति के–४४ विधाअन्तर्गत महिला ५७ केजी तौल समूहबाट कांस्य जित्दै इतिहास रचेकी हुन्। उनी कुनै पनि ओलम्पिकमा पदक जित्ने पहिलो नेपाली खेलाडी बन्न सफल भएकी छन्। पलेशाले रिपिचेजको दोस्रो खेलमा सर्बियाकी मरिजा मिचेभलाई १५–८ स्कोरले हराएर कांस्य पदक जितेकी हुन्। रिपाचेजको पहिलो खेलमा फ्रान्सकी सोफी काभरजानलाई २-१ को स्कोरमा पराजित गरेकी थिइन्। सेमिफाइनलमा भने पलेशा विश्व नम्बर एक खेलाडी ब्राजिलकी सिल्भाना मायारा कार्डोस फरनान्डेजसँग १०-८ ले पराजित भइन्। त्यसअघि शुक्रबार नै उनले क्वार्टरफाइनलमा भेनेजुएलाकी भलेरिया मोराल्सलाई ३१-० को फराकिलो अन्तरले पराजित गरेकी थिइन्।…

Read More

कर्णाली । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू नेतृत्वको सरकारले भ्रष्टाचार विरुद्धको सुशासन अभियानमा अहिलेसम्मकै रेकर्ड कायम गरेको बताएका छन् । नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश समितिको संयोजनमा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आजदेखि सुरु भएको ‘कर्णालीका केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरुसँगको परामर्श बैठक’ लाई सम्बोधन गर्दै अध्यक्ष दाहालले माओवादी सङ्ख्याले सानो भए पनि यसको नेतृत्वमा बनेको सरकारले भ्रष्टाचार विरुद्ध र सुशासन अभियानमा रेकर्ड कायम गरेको जिकिर गरे । यति ठूलो अभियान चलाएको देखेर विरोधी शक्तिहरुमा छटपटी पैदा भएको उनले बताए । ‘यसबाट नेपाली जनतामा आशा र उत्साह पैदा हुँदै गर्दा दलाल पूँजीपति, माफिया र सामन्तवादका अवेशषमा…

Read More

मेचीनगर । माओवादी केन्द्रका केन्द्रीय सदस्य रन्जित तामाङले अब माओवादी केन्द्रले नेपालमा भ्रष्टाचार पक्षधर विरुद्धको अन्तिम युद्ध गर्ने बताएका छन् ।  योङ कम्युनिस्ट लिग नेपाल मेचीनगरको सातौं सम्मेलनको प्रमुख अतिथिको रूपमा सम्बोधन गर्ने क्रममा केन्द्रीय सदस्य तामाङले माओवादीको क्रान्तिबाट ब्यवस्था बदलेको र अब अवस्था बदल्न भ्रष्टाचार विरुद्ध अन्तिम संघर्ष गर्नुपर्ने बताएका हुन् । युवा नेता तामाङले सबै भ्रष्टाचार जोगाउन र भ्रष्टाचारीलाई उन्मुक्ति दिन एमाले-काङ्ग्रेस गठबन्धन भएको भन्दै समाजका टोलटोल र केन्द्रमा भएको भ्रष्टाचारलाई परास्त गर्दै सुशासनका लागि संघर्ष हुने बताएका थिए । अवस्था बदल्नका लागि युवाको ढुकढुकी `वाइसीएल´ महत्त्वपुर्ण योगदान हुनुपर्नेमा जोड दिएका थिए । उनले भने, अब जनयुद्धबाट आमनागरिकले…

Read More

१४ भदौ, झापा । पाँचथरको फालेलुङ गाउँपालिका–५ मा ग्रिनेड विष्फोट हुँदा एकै घरका दुई नाबालकको मृत्यु भएको छ । पाँचथरका प्रहरी नायव उपरीक्षक हेमन्त भण्डारी क्षेत्रीका अनुसार दिलिप साँवाकी अढाइ वर्षीया छोरी प्रिन्सा र ११ वर्षीय छोरा दिप्सनको मृत्यु भएको हो । प्रिन्साको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा र दिप्सनको इलाममा मृत्यु भएको हो । आइतराज केरुङको घरमा बिहीबार साढे ३ बजेतिर बम विष्फोट भएको थियो । दिलिपको परिवार केरुङको घरमा बस्दै आएको थियो । विष्फोटमा उनका चार छोरा–छोरी घाइते भएका थिए । घाइतेमध्ये प्रिन्सा र दिप्सनको मृत्यु भएको हो । ९ वर्षीय छोरा पवन र अर्का एक बालकको…

Read More

पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिका–५ मा बिहीबार साँझ भएको विस्फोटमा परी १ बालिकाको मृत्यु भएको छ। विस्फोटक पदार्थ विस्फोट हुँदा घाइते भएका चार बालबालिका मध्ये २ वर्षीया प्रिन्सा साँवाको उपचारका क्रममा झापाको बि एण्ड सीअस्पताल लजादै गर्दा बाटोमै मृत्यु भएको हो। विस्फोटमा परी ११ वर्षीय दिपशन साँवा गम्भीर घाइते छन् । उनलाई पनि जिल्ला अस्पताल पाँचथरमा उपचार हुन नसकेर थप उपचारको लागि झापाको बि एण्ड सी अस्पतालमा रिफर गरिएको छ। त्यसैगरी ११ वर्षीय पबन राईको जिल्ला अस्पताल पाँचथरमा उपचार भइरहेको छ। ७ वर्षीय दिपशन राई सामान्य घाइते भएकाले स्थानीय स्वास्थ्य चौकी प्राङबुङमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।…

Read More

काठमाडौँ । प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्युत प्राधिकरणले उठाउन बाँकी करिव २२ अर्ब बक्यौता उठाउने निर्णय मन्त्रिपरिषद्बाटै गर्न सरकारलाई चुनौती दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री सामाजिक सञ्जालमा प्रस्ताव गरेर होइन, क्याबिनेटबाट निर्णय गराउनुपर्ने बताए । ‘प्रधानमन्त्रीले नौ वर्षसम्म किन एक्काइस अर्ब अठासी करोड महसुल उठाइएन भनेर पनि फेसबुकबाटै सोध्नुभएको छ । नियत सही भएको प्रधानमन्त्रीले क्याबिनेटबाट सोध्नुपर्ने हो यो प्रश्न । खासमा यो प्रश्न सोध्ने होइन, जवाफ दिनुपर्ने व्यक्ति नै प्रधानमन्त्री ओली आफैँ हो’, अध्यक्ष प्रचण्डले प्रश्न गरे, ‘प्राधिकरणलाई आफ्नो काम आफैँ गर्न नदिएर यो विवाद निम्त्याएको…

Read More

भद्रपुर । लागुऔषधलाई प्लास्टिकले पोका बनाएर मलद्वारमा लुकाएर नेपाल भित्र्याइएको अवस्थामा प्रहरीले भद्रपुरबाट २ जनालाई नियन्त्रणमा लिएको छ। लुकाइछिपाई ल्याउँदै भद्रपुरको मेची पुलमा लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । भद्रपुर नगरपालिका-५ मेची पुलमा अस्थायी प्रहरी बिट र जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे १० प ३२८७ नम्बरको मोटरसाइकलमा सवार भद्रपुर-८ हस्पिटल चोक बस्ने २७ वर्षीय मोहित साहलाई शङ्का लागेर चेकजाँच गर्ने क्रममा उनको  मलद्वारबाट १३ ग्राम ३० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो । उनलाई नियन्त्रणमा लिई वडा प्रहरी कार्यालय भद्रपुरमा ल्याई सोधपुछ गर्ने क्रममा भक्तपुर सूर्य विनायक नगरपालिका -३ बस्ने २८ वर्षीय सन्दीप…

Read More

काठमाडौँ । डिफेन्डिङ च्याम्पियन भारतसँग गत संस्करणको सेमिफाइनलमा व्यहोरेको हारको बदला लिँदै बंगलादेश जारी यु–२० साफ च्याम्पियनसिपको फाइनल प्रवेश गरेको छ। अब उपाधिका लागि नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ। सोमबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको दोस्रो सेमिफाइनलमा निर्धारित समय १–१ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो। जहाँ बंगलादेशले ४–३ ले खेल आफ्नो पक्षमा पार्‍यो। त्यसअघि खेलको पहिलो हाफमा लेफ्ट साइडबाट विंगर हुसेन राहुलले दोस्रो बार च्याप्दै गरेको प्रहार भारतका गोलरक्षक प्रयांशु दुबेले ड्राइभ गर्दै बचाए पनि सिक्स यार्ड बक्सभित्र रहेका असदुल मोल्लाले उक्त बललाई ‘वान टच’ फिनिस गर्दै जाली चुमाए। तर, दोस्रो हाफको अन्तिम समयमा भारत खेलमा फर्कियो। उसका…

Read More