खोटाङ । खोटाङमा भूकम्पको धक्का महसुस गरिएको छ । सोमवार राति १० बजेर ३२ मिनेट जादा कुबिन्डे भन्ने स्थानलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्पमापन केन्द्रले जानकारी दिएको छ । केन्द्रका अनुसार ४.३ म्याग्निच्युडको भूकम्प मापन गरिएको छ ।
Author: खवरपोस्ट अनलाइन
२८ असोज, मेचीनगर । काँकरभिट्टाको कृपा फ्रि मेथोडिष्ट चर्च भवनमा महान आज्ञा कार्यशाला गोष्टि सम्पन्न भएको छ । सोमबार अनाथ, असाहाय बाल–बालिका,एकल महिला र गरीव बालबालिकाहरुको सेवा गर्ने उद्देय र यस कार्यशालाको मुख्य थिम नै “आफ्नो छिमेकीलाई आफूलाई झै प्रेम गर” भन्ने रहेकाले सबैले यस अर्गनाइजेसनको भिजनलाई साथ दिनुपर्ने संस्थाका निर्देशक रेभ.सिमसन तामाङ्गले बताउनु भयो ।ग्लोवल अर्फन रिलिफ अर्गनाइजेसनको आयोजनामा भएको गोष्ठिमा अनाथ, असाहाय, असक्त बाल–बालिकाहरुमाभफ सेवा गर्ने उद्देश्यले नेपालमा स्थापना भएको निर्देशक तामाङ्गको भनाइ छ । कार्यक्रममा बाल–बालिका सम्बन्धि नेपालका कानूनी परामर्शदाता, बाल–मनोबैज्ञानिक तथा सामाजिक ब्यक्तित्वहरुबाट प्रशिक्षण लिएका थिए । संस्थाका निर्देशक तामाङ्गले दर्शन त्यसको कामबारे प्रस्ट्याएका थिए ।…
बुधबारे, २७ असाेज । राजन बस्नेत काे अध्यक्षतामा नव कार्य समिति गठन गरि बुद्वशान्ति ख्रीष्टियन समाजकाे प्रथम बार्षिक साधारण सभा सम्पन्न भएकाे छ। सभाले मेथाेडिष्ट चर्चका पाष्टर राजन बस्नेतकाे अध्यक्षतामा सर्बसम्मत प्रकृयाबाट नव समिती गठन गरेकाे छ । गठित समितिकाे उपाध्यक्ष,सचिब,सह सचिव र काेषाध्यक्षमा क्रमस पा तेज बहादुर भण्डारी ,पा प्रेम बहादुर लिम्बू ,ए गगन प्रधान र पा राम राई चुनिएका छन । यस्तै सदस्यमा पा अमृत शिवा, ए गुमान सि जवेगु,चन्द कला लिम्बू, नमिता बर्देवा,कमल मग्राति ,मनिष राई ,अर्पणा तामङ्ग र अमित मगर चयन भएका छन् । अन्तराष्ट्रिय पाष्टर दिवसकाे अवस पारि आयाेजित सभामा सिलिगुडि स्थित हिमालय फ्रि चर्चका…
झापा । झापाको मेचीनगर-७ इँटाभट्टामा मोटरसाइकलको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ। आइतबार बिहान मेचीनगर-७ इँटाभट्टामा धुलाबारीबाट काँकरभिट्टतर्फ जाँदै गरेको होटल मेची क्राउनमा काम गर्ने अन्दाजी वर्ष ३५ का अविशेक लिम्बु सवार प्र.०१.१७ प ७४४ नम्बरको मोटरसाइकलले विपरित दिशातर्फ आउँदै गरेका साइकल यात्री सगरमाथा यातायातका चालक अन्दाजी ४५ वर्षीय डिकेन राजवंशीलाई ठक्कर दिएको थियो । घाइते राजवंशीलाई उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएकोमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दसैँको टीका लगाइदिएका छन्। शनिवार राष्ट्रपति निवास शितल निवासमा प्रधानमन्त्री ओलीले राष्ट्रपति रामचन्द्र पौडेलको हातबाट टिका र जमरा लगाइदिएका हुन् । साइतमा आफ्नो घरमा टिका लगाइ प्रधानमन्त्री ओली राष्ट्रपतिको हातबाट टिका लगाउन शितल निवास पुगेका थिए ।
२६ आश्विन, मेचीनगर । यस वर्षको दसैँको टीकाको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले सूचना जारी गर्दै बिहान ८ बजेर ३३ मिनेटमा देवी विसर्जन गरिने जनाइको हो । टीका लगाइमाग्ने व्यक्तिले पूर्व फर्किनुपर्ने समितिले जनाएको छ । असोज ३० गते कोजाग्रत पूर्णिमादेखि दसैँ पनि सकिने छ ।
काठमाडौं । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले बडा दसैंका अवसरमा शुक्रबार नेपाल प्रहरी सशस्त्र प्रहरी गण नम्बर १ नक्सालस्थित मौलोमा पूजाअर्चना तथा सङ्कल्प पूजा गरेका छन् । नेपाल प्रहरीले परम्परागत रूपमा गर्दै आएको उक्त पूजाअर्चनाको क्रममा प्रहरी महानिरीक्षक कुँवरले बली पूजा गर्नुको साथै निसानमा पञ्जा छापसमेत लगाए । साथै प्रहरी महानिरीक्षक कुँवरले मौलोपूजाका अवसरमा विशेष कार्य गर्ने प्रहरी नायव निरीक्षक भवानी चन्दलाई पगरी तथा नगद पुरस्कार र प्रहरी हवल्दार जितेन्द्र खा थारूलाई नगद पुरस्कार प्रदान गरे । सो अवसरमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृतहरूले मौलो परिक्रमा गरेका थिए । । पूजा…
मेचीनगर । सिम्रिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडद्धारा जागृत बाल उद्धार केन्द्र नेपाललाई दशैंको उपलक्ष्यमा खाद्यन्न सामाग्रीसहित नगद बितरण गरेको छ । आज सहकारी संस्थाले यहाँका आश्रित बाल बालिकालाई बडा दशैंको अवसरमा खाद्यन्नलगायत मासु खनाका लागि नगद बितरण गरेको हो । संस्थाका बिभागीय बिजय बस्नेतले दशैको चाडवाडको समयमा बाल बालिकाहरु भोकभोकै नबसुन् भनेर दश हजारजतिको खाद्यन्न संस्थाले उपलब्ध गराएको बताउदै संस्थाका अध्यक्ष सुवास भट्टराईको हातबाट हस्तान्तरण गरिएको थियो । सहकारी संस्था संस्थाबाट केन्द्रीय अध्यक्ष सुवास भट्टराई, बिभागीय बिजय बस्नेत, सेवा केन्द्र काँकरभिट्टा प्रमुख नारद प्रसाद पौडेल र कर्मचारी हरि दाहाल सहभागी रहेका थिए भने यस जागृत बाल उद्धार केन्द्र…
धुलाबारी । मेचीनगर – १० स्थित कन्भेन्ट इङ्लिस बोर्डिङ स्कूलले शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यालयका संस्थापक प्रिन्सिपल विक्रम क्षेत्रीले शिक्षक, कर्मचारी तथा विद्यार्थीहरुलाई वडा दशंैको शुभकामना दिँदै टिका लगाएर दक्षिणा समेत प्रदान गरेका थिए । सो अवसरमा विद्यालयकी कोअर्डिनेटर सीता भेटवालले समेत सहभागिहरुलाई टिका लगाएर आर्शिवाद दिएकी थिइन् ।विद्यालयले हरेक वर्ष वडा दशैंको अवसरमा शिक्षक, कर्मचारी र विद्यार्थीहरुलाई टिका लगाएर दक्षिण सहित शुभकामना दिँदै आएको विद्यालयका शिक्षक भेटवालले जानकारी दिए ।शुभकामना आदान प्रदान कार्यक्रममा विद्यार्थीहरुले रोचक एकल तथा सामुहिक नृत्य प्रस्तुत गरेका थिए । खबरमञ्च ,
चिली । जनता समाजवादी पार्टी नेपालले अन्तर्राष्ट्रिय संगठन प्रोग्रेसिव एलान्सको नयाँ सदस्यता पाएको छ । दक्षिण अमेरिकामा रहेको चिलीको स्यान्टियागोमा सोमबार सम्पन्न विश्व सम्मेलनले जसपा नेपाललाई संगठनको सदस्यता दिने निर्णय गरेको हो । समाजवादी, सामाजिक लोकतान्त्रिक, श्रमिक र प्रगतिशील पार्टीहरूको साझा अन्तर्राष्ट्रिय संगठनको यो निर्णयसँगै जसपा नेपाल प्रोग्रेसिव एलान्सको नयाँ सदस्य पार्टी बन्न सफल भएको छ । विश्वका १९० वटा राजनीतिक पार्टीहरू सदस्य रहेको उक्त सम्मेलनमा नयाँ सदस्यताका लागि भएको मतदानमा जसपा नेपाललाई सर्वसम्मतबाट सदस्यता प्रदान गर्ने निर्णय गरिएको हो । सबै महादेशबाट प्रोग्रेसिव एलाइन्सका करीब दुई सय राजनीतिक दलका प्रतिनिधि सहभागी उक्त अन्तर्राष्ट्रिय अधिवेशनमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव…