मेचीनगर । झापामा बालिकालाई बलात्कार गरेको अभियोगमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मेचीनगर नगरपालिका–१ का २१ वर्षीय एक युवकलाई प्रहरीले पक्राउ गरेको हो । बालिकालाई गत असोज १४ गते जबरजस्ती करणी गरेको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरीले पक्राउ गरेको जनाइएको छ ।
Author: खवरपोस्ट अनलाइन
काठमाडौँ ।अमेरिकी सेनाले यमनमा इरान समर्थित हुथी संगठनसँग जोडिएका १५ वटा लक्ष्यमा मिसाइल आक्रमण गरेको जनाएको छ । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले ‘आवागमनको स्वतन्त्रता सुनिश्चित गर्न’ हवाई जहाज र युद्धपोतबाट आक्रमण गरेको जनाएको छ । राजधानी साना लगायत यमनको मुख्य सहरमा धेरै विस्फोटको आवाज सुनिएको छ । नोभेम्बरदेखि, हुथी विद्रोहीहरूले रेड सागरमा झण्डै १०० जहाजमा आक्रमण गरी दुईवटा जहाज डुबेका छन् । विद्रोही समूहले गाजामा इजरायलको सैन्य कारबाहीको जवाफमा आक्रमण गरेको बताएको छ । मध्यपूर्वमा अमेरिकी सैन्य कारबाहीको अनुगमन गर्ने सेन्ट्रल कमाण्डले हतियार प्रणाली, उनीहरुको अड्डा र हुथीसँग सम्बन्धित अन्य लक्ष्यहरूलाई निशाना बनाइएको बताएको छ । हुथी समूहसँग सम्बन्धित सञ्चारमाध्यमले…
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विद्यार्थी संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन झापाको अध्यक्षमा सुनिल धिमाल सर्वसम्मत चयन भएका छन्। शनिबार झापाको मेचीनगरमा आयोजित झापा जिल्ला अधिवेशनले ३३ सदस्यीय जिल्ला समिति सर्वसम्मत चयन गरेको हो । पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र प्रसाद लिङ्देनको प्रमुख आतिथ्यतामा जारी जिल्ला अधिवेशनले धिमालको नेतृत्वमा ९ जना पदाधिकारी चयन गरेको छ। जसमा प्रथम उपाध्यक्षमा सुरज शाह, उपाध्यक्ष सागर राई र सारांश ढुंगाना रहेका छन् भने सचिवमा अनिल चौहान, सह- सचिवमा क्रमश: राम शाही ठकुरी र सोफिया खड्का रहेका छन्। त्यस्तै कोषाध्यक्षमा रोशनी सापकोटा तथा सह- कोषाध्यक्षमा प्रज्वल भट्टराई रहेका छन् भने अन्य २४ जना सदस्यहरु रहेका छन्।
झापा । चीनको फुजाऊ पुजियानमा रहेको चाङ्ले जिल्लाको चेङ्गुआन चर्चले नयाँ एक अत्याधुनीक सुन्दर चर्च भवनको उद्घाटन तथा समर्पण गरेको छ । करिब एक सय वर्ष पुरानो मानिने चर्चको नयाँ भवनको उद्घाटन गरिएको छ । चर्चको उद्घाटन समारोहमा चाङ्ले क्रिस्चियन काउन्सिलका अध्यक्ष र चेङ्गुआन चर्चका पास्टर इन्चार्ज पास्टर लिउ लिजेनले सञ्चालन गर्नुभएको बताइएको छ । चर्च उद्घाटन समारोहमा जब घण्टी बज्यो र मण्डली “होली, होली, होली” गाउन थाले । संगीत झुण्डले परमेश्वरको आराधना गरेर ५० भन्दा बढी पास्टरहरु उद्घाटन समारोहमा भित्र पसेको कुरा उल्लेख गरिएको छ । चीनमा लामो समयदेखि पास्टरीय सेवाकाई गरीरहेका पास्टरहरुले परमेश्वरको बचनबाट उद्घाटनमा प्रचार गर्नुभएको छ…
बाहुण्डाँगी । मेचीनगर ३ मा जारी प्रथम बहुवन तथा पाँचपोखरी सामुदायिक वन स्तरीय खुल्ला नकआउट फुटबल प्रतियोगिता अन्तरगत मंगलवार दुई खेल सम्पन्न भएका छन् । प्रतियोगितामा मागुमाडी सामुदायिक वन र पाँचपोखरी सामुदायिक वन विजय भएका छन् । पहिलो खेलमा मागुरमाडीले प्रगती सामुदायिक वनलाई २–१ को गोल अन्तरले हराउँदै क्वाटरफाइनलको यात्रा तय गरेको हो । जितका लागि गुन्जन चापागाई र एसन लिम्बूले एक एक गोल गरेका थिए । प्रतियोगिताको म्यान अफ द म्याच बासु तिम्सिना भए । उनलाई चन्द्र दासले प्रदान गर्नु भएको नगद १ हजार र ट्रफी प्रदान गरिएको थियो । यसैगरी दोस्रो खेलमा पाँचपोखरीले हातेमालो सामुदायिक वनलाई २–० को…
१६ आश्विन , काठमाडौं । सरकारले भोलि सार्वजनिक बिदा दिएको छ । भोलि दशैँको पहिलो दिन अर्थात घटस्थापना भएकाले सार्वजनिक बिदा दिएकाे हो । सार्वजनिक बिदा भएका कारण सरकारी कार्यालय, बैंक तथा वित्तिय संस्था, विद्यालय, बीमा, सेयर बजार बन्द हुने छन् ।
काठमाडौं । यही असोज ११ र १२ गते देशका विभिन्न भागमा भएको अविरल वर्षाका कारण अलपत्र परेका १६३ जना विदेशी पर्यटकहरुको उद्धार गरिएको छ । अलपत्र परेका पर्यटकलाई सहयोग गर्न नेपाल पर्यटन बोर्ड अन्तर्गतको क्राइसिस सेलको समन्वयमा सो उद्धार भएको हो । सो सेलले नेपालस्थित विदशी दूतावास, कन्सुलेट अफिस, ट्राभल तथा ट्रेकिङ एजेन्सी लगायत नेपाली सुरक्षा निकायसँग समन्व गरी पर्यटकहरुको उद्धार गरी रहको छ । सेल पर्यटक प्रहरी र सेल आफ्नै को हटलाइन मार्फत २४ सै घण्टा पर्यटकका लागि सेवा दिन सुरु गरेको छ । सेलले वेभसाइट मार्फत पर्यटकका लागि हवाई सेवाको अवस्था मौसम लागायतका जानकारी उपलब्ध रहेको छ । यसै…
– होमराज राई, १४ आश्विन, झापा । विर्तामोड नगर ईसाई समाज जवान संगतिले जैतुन छाँया सिजन ३ एपिसोड २ सफलतापूर्वक सम्पन्न गरेकोमा धन्यवाद कार्यक्रम गरेको छ । गत असोज ३ गते पासाङ्ग ल्हामु स्मृति जेसिस सामुदायीक सभाहल धुलावारीमा सम्पन्न जेैतुन छाँया सिजन ३ एपिसोड २ मा भब्य दर्शकको उत्साहजनक उपस्थिति रहेको कार्यक्रम सफलताको लागि जुटेका सहयोगीदाता, सम्पूर्ण ईसाई समाज, सञ्चारकर्मी, स्वयंसेवक लगायतले पुर्याएको योगदानको सम्मान गर्दै आयोजक समितिले धन्यबाद ज्ञापन गरेको हो । जेतुन छाँया सिजन ३, एपिसाेड २ सफलताको धन्यवाद कार्यक्रमका प्रमुख बक्ता पास्टर नामूएल राईले बुद्धिमानहरु, पैसावालहरु र दर्शन देख्नेहरु आउछन् , तर सबै कुरा छाेडाेर दर्शन लिएर…
काठमाडौँ । सर्वोच्च अदालतले सिधाकुरा डटकमले अदालतको अवहेलना गरेको ठहर गर्दै सम्पादक, प्रकाशक र समाचार स्रोत राजकुमार तिमल्सिनालाई कैद सजाय सुनाएको छ । सर्वोच्च अदालतका अनुसार आइतबार बसेको पूर्ण इजलासले राजकुमार तिमल्सिनालाई ६ महिना कैद, प्रकाशक युवराज कँडेललाई र सम्पादक नवीन ढुंगानालाई तीन-तीन महिना कैद सजाय सुनाएको हो । त्यस्तै सर्वोच्चले सिधाकुरा डट कमलाई ५ हजार जरिवाना सुनाएको छ । सर्वोच्चले सम्पादक ढुंगाना र प्रकाशक कंडेलको हकमा सर्वोच्च अदालतमा उपस्थित भएर क्षमायाचना तथा पुन: त्यस्तो कार्य नदोहोराउने लिखित प्रतिबद्धता व्यक्त गरेमा तीन महिनाको कैदबाट सात दिनको मात्र कैद सजाय हुने आदेश गरेको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू प्रकाशमानसिंह राउत,…
काठमाडौं । पछिल्लो तीन दिनदेखिको अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परेर शनिबार साँझसम्म ६६ जनाको मृत्यु भएको छ । गृहमन्त्रलायले दिएको जानकारी अनुसार अहिलेसम्ममा देशभर गरेर ६६ जनाको मृत्यु भएको र अन्य ७९ जना बेपत्ता भएका छन् । हालम्म विपद्मा परेर ६० जना घाइते भएको मन्त्रालयले जानकारी दिएको छ । उपत्यकामा मात्रै ३४ जनाको मृत्यु भएको छ । जसमा काठमाडौंमा ११, भक्तपुरमा ५ र ललितपुरमा १८ जनाको मृत्यु भएको हो । त्यस्तै पाँचथरमा ५, धनकुटामा २, सोलुखुम्बुमा २, सुनसरीमा १, काभ्रेमा १४, धादिङमा १, सिन्धुपाल्चोकमा ४, दोलखामा ३ जनाको मृत्यु भएको छ । त्यसैगरी ललितपुरमा १५, काभ्रेमा २६, काठमाडौंमा…